सोमबार, २४ बैशाख २०८१

आठौँ राष्ट्रिय खेलकुदको तयारी ४० प्रतिशत

२४ जेष्ठ २०७५, बिहीबार १०:३२ मा प्रकाशित

खजुरा, बाँके, २४ जेठ (रासस) ः आगामी मंसिरमा नेपालगञ्जमा हुने ‘आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५’ को तयारी शुरु भएको छ ।

सो प्रतियोगितालाई लक्षित गरी यति बेला भौतिक पूर्वाधार निर्माणका काम धमाधम भइरहेका छन् । प्रतियोगितालाई सहयोग र लक्षित गरी विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्ने क्रम पनि बढेको छ ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अनुसार अहिलेसम्म विकास निर्माणको झण्डै ४० प्रतिशत सम्पन्न भइसकेको छ । नेपालगञ्ज रंगशालालाई अत्याधुनिक बनाउने काम भइरहेको छ ।

त्यसका लागि प्यारापिट बनाउने, ट्रयाक सम्याउने, अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी बनाउने, भारोत्तोलन एकेडेमी बनाउने, जिल्लाको सीतापुरमा भलिबलको स्टेडियम र सुटिङ रेन्ज र कभर्डहल बनाउने काम भइरहेको समितिका अध्यक्ष भीम ओलीले जानकारी दिनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter