मङ्गलबार, ०१ जेठ २०८१

सैनामैनामा बुद्धकालीन सभ्यताका अवशेष भेटिए

२३ जेष्ठ २०७५, बुधबार १४:२९ मा प्रकाशित

पन्देही, २३ जेठ ९रासस० ः सैनामैना नगरपालिकामा बुद्धकालीन सभ्यताका अवशेष फेला परेपनि प्रचार नभएका कारण सो क्षेत्र ओझेलमा परेको छ ।

सैनामैना नगरपालिका–१ को विभिन्न स्थानमा बुद्धकालीन इँट्टा, औजार, पुरातात्विक महत्वका वस्तु, राजा र रानीले नुहाउने कुवा फेला परेकाले अहिले त्यस स्थानलाई तारबार गरेर संरक्षण गरिएको छ ।

सैनामैना नगरपालिकाले पुरातात्विक महत्वको सम्पदा संरक्षणका लागि नगरपालिका–१ स्थित सिरानटोलमा सैनामैना पुरातात्विक संग्रहालय समेत निर्माण गरेर बुद्धकालीन मूर्तिको संरक्षण गर्दै आएको हो ।

उक्त नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले बुद्धकालीन सभ्यताको संरक्षणका लागि वृहत गुरुयोजना बनाएर काम गर्न खोजिएको जानकारी दिँदै उत्खनन नभएका कतिपय क्षेत्रमा उत्खननको तयारी भएको बताउनुभयो ।

उहाँले केही चिनियाँ यात्रीले लेखेको किताबको आधारमा खड्गशम्शेरले उसै बखत उक्त क्षेत्रमा बुद्धकालीन सभ्यताबारे चासो देखाएको उल्लेख गर्दै अहिले उत्खननका लागि संघीय सरकार र संग्रहालय निर्माणका लागि प्रदेश सरकारसँग बजेट माग भएको बताउनुभयो । खड्गशम्शेर पाल्पाबाट सैनामैना आएको बताइएको छ ।

नगरप्रमुख कार्कीले त्यसका लागि कम्तीमा रु ५० करोड आवश्यक भएको जानकारी दिँदै त्यस क्षेत्रको संरक्षण र संबद्र्धन गर्न स्थानीय समाजसेवी झपेन्द्र जिसीको संयोजकत्वमा ‘सैनामैनाको ऐतिहासिक महत्व र लोकसंस्कृति संरक्षण समिति’ गठन गरिएको छ भन्नुभयो ।

सो समितिले बढीमा एक महिनामा प्रतिवेदन तयार गर्ने छ । समितिमा संस्कृतिविद् तथा प्राध्यापक डा गितु गिरी, रामप्रसाद भट्टराईलगायत हुनुहुन्छ ।

प्राध्यापक डा गिरीले लुम्बिनी विकास कोष ऐन– २०४२ ले लुिम्बनी र खास केही ठाउँ बाहेक अन्य ठाउँमा बुद्धकालीन सभ्यता छ वा छैन भन्ने विषयमा नबोलेकाले सैनामैनालाई बेवास्ता गरिएको बताउनुभयो ।

“त्यो क्षेत्र प्रकृति र संस्कृतिको संगमस्थल हो ।” उहाँले भन्नुभयो, “सैनामैनामा बुद्धकालीन अवस्थाको पहिचान गरी पर्यटको आर्कषण बढाउन सकियो भने लुम्बिनी आउने सबै पर्यटकलाई सैनामैनामा भित्र्याउन सकिन्छ ” ।

प्राध्यापक डा गिरीले बुद्धकालीन अवस्थाको चित्रणले यस स्थानकोे को भिन्दै विशेषता छ तर सुकुम्वासीको अतिक्रमणले पनि यहाँ समस्या देखिएको छ भन्नुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter