सोमबार, २४ बैशाख २०८१

ईद बिदा पुनः सूचीकृत गर्न मांग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

२२ जेष्ठ २०७५, मंगलवार २०:५५ मा प्रकाशित

Shamshad Aadil , care khabar

आज जेष्ठ २२ गते ईद र बिक्रईद को बिदा पुनः राष्ट्रीय बिदामा सूचीकृत गरी मुस्लिम समुदाय र बिद्यार्थीलाई सहज बनाई दिन गृहमन्त्री राम बहादुर थापालाई अनुरोध गर्दै ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा
‛ मुस्लिम समुदाय देशमा हरेक परिवर्तनलाई आत्मसाथ गर्यो ,देशमा हरेक बेवस्था फेरिए तर मुस्लिम समुदायको अवस्था फेरिएन ’ उल्लेख गरिएको छ ।
गृहमन्त्री थापाले मन्त्रिपरिषद बाट आई सकेको निर्णय लाई पुन फेरबदल गर्न मन्त्री परिषदमा नै लैजाने बताएको जानकारी सहभागी रजिया बानूले केयरखबर लाई जानकारी गराए ।
नेपाल मुस्लिम बिद्यार्थी संघका संयोजक माज़िद प्रवेजले एकताबद्ध आंदोलन गर्नु बाहेक अरु कुनै विकल्प न रहेको बताउदै सशक्त सँघर्षको आह्वान सहित समुदायको आधिकार सुनिश्चित गर्न समग्र न्यायप्रेमीमा
लाग्नु पर्ने कुरा जाहेर गरेका छन ।

ज्ञापनपत्र बुझाउने टोलीमा सह संयोजक अब्दुल रहीम समीर भुसाल, अब्दुल रज्जाक ,जोर मोहम्मद लगायतको सहभागिता थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter