मङ्गलबार, १८ बैशाख २०८१

पाल्पाली समाजद्वारा तीन विद्यालयमा अक्षयकोष

१७ जेष्ठ २०७५, बिहीबार १०:१८ मा प्रकाशित

रामपुर, पाल्पा, १७ जेठ (रासस) ः पाल्पाली समाज, युएई (संयुक्त अरब इमिरेट्स)ले पाल्पाको माथागढी गाउँपालिकाका तीन विद्यालयमा अक्षयकोष स्थापना गरेको छ ।

समाजले गाउँपालिकाभित्र रहेका सातपोखरी मावि, गोठादी, महेन्द्र नरेश प्रावि, रहवास र धारादेवी मावि, बहादुरपुरलाई प्रति विद्यालय रु २५÷२५ हजारका दरले अक्षयकोष स्थापना गरेको हो ।

पाल्पाली समाज युएईका प्रतिनिधि खगेश्वर बोटे ‘पाल्पाली कान्छा’ले गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगर र शिक्षा शाखा प्रमुख काशीराम बस्यालको सहभागितामा सो रकमको अक्षयकोष सम्बन्धित विद्यालयका प्रअ र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरिएको हो ।

अक्षयकोष हस्तान्तरण गर्दै समाज युएइका प्रतिनिधि पाल्पाली कान्छाले सानो रकम भएपनि विद्यालयलाई राहत पुग्ने भएकाले जिल्लाका स्थानीय तहमा रहेका विपन्न र दुर्गम क्षेत्रका ६० विद्यालयलाई अक्षयकोष स्थापना गर्ने लक्ष्य रहेको बताउनुभयो । सोहीअनुसार माथागढीका तीन विद्यालयलाई अक्षयकोष स्थापना गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै, गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले शिक्षा क्षेत्रमा पाल्पाली समाज, युएइले देखाएको सहानुभूतिको प्रशंसा गर्नुभयो ।

विद्यालयमा अक्षयकोष स्थापना गरिदिएकोमा समाजलाई धन्यवाद दिँदै सातपोखरीका प्रअ शेरबहादुर थापा, महेन्द्र नरेश प्राविका प्रअ शिवजंग रायमाझी र धारादेवी माविका प्रअ तुलानन्द शाहले यसले विद्यालय सञ्चालनमा ठूलो राहत मिल्ने बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter