शनिबार, २२ बैशाख २०८१

महिलाको नेतृत्वमा सामुदायिक भवन

१६ जेष्ठ २०७५, बुधबार १०:३६ मा प्रकाशित

बाबियाचौर, म्याग्दी, १६ जेठ (रासस) ः बेनी नगरपालिका–६ छापको भगवती टोलका महिलाले सामुदायिक भवन निर्माण गरेका छन् ।

भगवती टोलमा रहेको डाँडाबारी आमा समूहले निर्माण गरेको सभाहलसहितको सामुदायिक भवनको मंगलबार ११ औँ गणतन्त्र दिवसको अवसरमा उद्घाटन गरिएको छ । वडाध्यक्ष कृष्णबहादुर बानियाँ र सहयोगदाता नारायण महतले भवनको उद्घाटन गर्नुभएको हो ।

तत्कालीन सांसद विकास कोषको रु एकलाख र बेनी नगरपालिकाको रु दुई लाख अनुदानसहित रु सात लाखको लागतमा भवन निर्माण भएको समूहका अध्यक्ष कमलदेवी खत्रीले बताउनुभयो । भवन निर्माणका लागि महतले रु ८० हजार सहयोगको घोषणा गर्नुभएको छ ।

जम्मा ३० घरधुरीले एक महिनाका दरले श्रमदान गरेका थिए । स्थानीय चन्द्रबहादुर खत्रीले छआना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । सत्तरी जना क्षमताको भवन निर्माण भएपछि भेला, तालीम, गोष्ठी, बैठक, सभा, समारोहलगायतका कार्यक्रम सञ्चालन गर्न सहज भएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter