बिहिबार, २० बैशाख २०८१

कपिलबस्तु नगरपालिकाका अपांगता भएका ब्यक्ति र जनप्रतिनिधीबीच अन्र्तक्रिया तथा प्रतिबद्धता कार्यक्रम सम्पन्न । नगरपालिकाबाट अपांगमैत्री कानुन पास गरिने नगर प्रमुख सिंहको भनाइ ।

अजय बर्मा,कपिलबस्तु

१५ जेष्ठ २०७५, मंगलवार २१:१० मा प्रकाशित

 

कयर खबर : जेष्ठ १५

आगामी आर्थिक बर्ष २०७५÷०७६ का लागी नगरपालिकाबाट पास हुने बजेटमा अपांगताको क्षेत्र बिशेष बजेट बिनियोजन गरिने कपिलबस्तु नगरपालिकाका नगरप्रमुख किरण सिंहले बताउनुभएको छ । नगरपालिकाबाट अपांगमैत्री कानुन पास गरि अपागंता भएका ब्यक्तिहरुको बिकासमा ठोस कार्य गर्ने समेत उहाले बताउनुभयो । कपिलबस्तु नगरपालिकाका अपांगता भएका ब्यक्ति र जनप्रतिनिधीबीच अन्र्तक्रिया तथा प्रतिबद्धता कार्यक्रमलाई आज संबोधन गर्दै नगर प्रमुख सिंहले यस्तो बताउनुभएको हो । नगरपालिकाका सामाजिक संयोजक तथा वडा नं. ३ का वडाध्यक्ष प्रकाश गैरेले नगरपालिकाबाट आगामी दिनमा नमुनायोग्य काम गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा अपांगता भएका ब्यक्तिहरुको सवाल, अपेक्षा, सुझाव लगायतका बिषयमा कार्यालयका सचिव ढाकाराम अधिकारीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा नगरपालिकाको समन्वयमा अपांगता पुर्नस्थापना समितीले अपांगता भएका ६ जनालाई आयआर्जनमा टेवा पुर्याएको नगरपालिका स्तरीय अपांगता पुर्नस्थापना समितीका अध्यक्ष रीना केवटले बताउनुभयो । आयआर्जनमा लाभान्वित पाउनेहरुमा रिना केवट, अब्दुल मुसलमान, सारजहां खातुन, भरतराज कान्दु, श्रवण कुमार यादव र शिवराज कोरी रहेका छन् । नगरपालिका स्तरीय अपांगता पुर्नस्थापना समितीका अध्यक्ष रीना केवटको अध्यक्षता, नगरप्रमुुख किरण सिंहको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकिय अधिकृत बिमलराज आचार्यको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रममा अपांग उत्थान समाजका अध्यक्ष कमल प्रसाद ढुंगाना, वडाअध्यक्षहरु सुदिप पौडेल, रामभजन कलवार, रबिन्द्र त्रिपाठी लगायतको आथित्यता रहेको थियो । नगरस्तरीय अपांग पुर्नस्थापना समितीका उपाध्यक्ष शिवानन्द बर्माको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन ओरीराम चौरसियाले गर्नुभएको थियो

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter