शुक्रबार, २१ बैशाख २०८१

शेयर बजार: नौ अंकले घट्यो

१५ जेष्ठ २०७५, मंगलवार १८:३३ मा प्रकाशित

काठमाडौँ, १५ जेठ (रासस) ः सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गर्न लागेको दिन आज शेयर बजार भने ९.१८ बिन्दुले ओरालो लागेको छ ।

नेपाल स्टक एक्स्चेन्जकाअनुसार ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.०२ बिन्दुले घटेको छ ।

आज कूल १६७ कम्पनीको आठ लाख ४० हजार १७५ कित्ता शेयर रु ४१ करोड ७४ लाख ३६ हजार ९६८ मूल्यमा कारोबार भएको छ ।

आज बीमा उपसमूहको शेयर भने उकालो लागेको छ । सो समूहको शेयर ५.६९ बिन्दुले उकालो लाग्दा बैंकिङ १०.५, होटल ३३.१८, विकास बैंक १४.२१, जलविद्युत् १३.३३, फाइनान्स २.९८, उत्पादन २०.६, अन्य १.४६ र माइक्रोफाइनान्स १५.४८ बिन्दुले घटेको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter