शनिबार, २२ बैशाख २०८१

गणतन्त्रलाई मजबूत बनाउने जिम्मेवारी अब युवाको काँधमा

१५ जेष्ठ २०७५, मंगलवार ०९:५५ मा प्रकाशित

Carekhabar.com

आर के ढकाल

ब्यबस्था त फेरियो तर जनताको अवस्था फेरिएन।दशकौ पछि गणतन्त्र त आयो तर नामको मात्रै कागजि गणतन्त्र।राजा हटे तर छोटे माहाराजहरुको उदय भयो।मन्त्रिपरिषदको बैठकमा राजदुत उपस्थित हुने परिपाटि बाट झन पुरै सिंहदरवार लैनचौरमा डेरा सर्दै शासनसत्ता लैनचौरबाटै सन्चालन हुने स्थिति बन्यो जुन नेपालराष्ट्र र नेपालि जनतालाई किमार्थ स्विकार हुनै सक्दैन।बाटो बिराएको गणतन्त्रलाई सहि बाटोमा ल्याउन अब हामि सबै युवा,बुद्दिजिबि पेशा व्यवसाहिहरु एकताबद्द भई शसक्त तेस्रोधारको बैकल्पिक शक्ति निर्माण मार्फत हस्तक्षेपकारि भुमिका खेल्दै गणतन्त्रको मुकुन्डोधारिहरुको चंगुलबाट देशलाई मुक्त गर्नुनै आजको टड्कारो आवस्यकता हो।

सत्ताको बागडोर सम्हालेका शासकहरुको सत्तालिप्सा, स्वार्थ, अकर्मण्यता, ब्याभिचारि निति र दलाल पुजिपतिहरु संगको गठजोडका कारण करिब डेड दशक सत्ताको जोडघटाउमै सिमित रहयो।जनताको जिवन पद्दति र अवस्थामा सुधार र परिवर्तन हुनै सकेन जनताले गणतन्त्रको आभाष गर्न समेत सकेका छैनन्। तर नेताहरुको जिवनस्थरमा भने ब्यापक फेरबदल आइसकेको छ।राष्ट्र, जनजिविका, सामाजिक हित, लोककल्याण र जनहितमा चासो नदेखिनु र ब्यक्तिबादि स्वार्थ केन्द्रित राजनिति हावि हुनु र राजनिति सेवामुलकको साटो पेशाको रुपमा बिकसित हुनु दुखद पक्ष हो। ब्यबहारिक रुपमा गणतन्त्र स्थापित गर्न जनतालाई सत्ताको भर्याङ्गमात्रै बनाउने परिपाटिको अन्त्य हुनुपर्दथ्यो जनताको अवस्था फेरिने राज्य ब्यबस्थाको रुपरेखा, मार्गचित्र कोर्नु पर्दथ्यो। बिडम्बना त्यसो हुन सकेन।

सरकारले सपनाको ठुला पोका मात्रै देखायर सिन्को नभाच्ने प्रवृतिले जनतामा झन ठुलो निराषा छायको छ, समस्याको चाङमात्र चुलियो समाधानको बाटो खोजियन।भ्रष्टिकरण र मुल्यबृद्दिले गणतन्त्रको मर्ममाथि नै प्रहार भयको छ, सरकारको नियतमाथि प्रश्न उब्जियको छ।गणतन्त्र त्यतिखेर मात्रै सार्थक हुन्छ जतिखेर गणतन्त्रका घाउहरुले सेकताप र मलमपट्टि पाउछ, डोबहरु पुरिन्छन, शोकलाई ऊर्जामा बदलिन्छ,युवाहरु स्वदेश फर्किन्छन हामि आत्मनिर्भर बन्छौ।गणतन्त्रका निम्ति जिवन उत्सर्ग गर्ने घाईते, अपाङ्ग तथा सहिदहरु प्रति योगदानको उच्च सम्मान र कदर गर्दै हार्दिक नमन गर्दछु।

देशमा शान्ति, सुरक्षा, अमनचयन, सुशासन, आर्थिक सम्मृद्दि, बिकास र प्रगतिले फड्को मार्न सफल रहोस सम्पुर्ण नेपालि जनतालाई गणतन्त्र दिवशको शुभकामना।

#आर के ढकाल नेपाल संघीय समाजवादी पार्टीका केंद्रीय सदस्य हुन।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter