शुक्रबार, १४ बैशाख २०८१

रुपन्देहीको दक्षिणी क्षेत्रमर्चवारमा निःशुल्क स्वास्थ्य शिविर

१४ जेष्ठ २०७५, सोमबार २१:२५ मा प्रकाशित

बुटवल, १४ जेठ(रासस) ः गणतन्त्र दिवसका अवसरमा रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा आज आयोजित निःशुल्क स्वास्थ्य शिविरमा करीब एक हजार बासिन्दाको स्वास्थ्य परीक्षण गरिएको छ ।
लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा कृष्ण खनालको नेतृत्वमा विशेषज्ञ र उपकरणसहितको स्वास्थ्य शिविरमा अल्ट्रासाउण्ड, शल्यक्रिया, हाडजोर्नी, प्रसूति, छालालगायत सेवा र निःशुल्क औषधि उपलब्ध गराइएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डा उमाशंकरप्रसाद चौधरीले जानकारी दिनुभयो ।
प्रदेश नं ५, सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको शिविरको प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्दै समृद्ध प्रदेश र सुखी जनता अभियान सार्थक बनाउन सरकार पिछडिएको क्षेत्रमा कार्यक्रम लिएर आएको बताउनुभयो । सामाजिक विकासमन्त्री सुदर्शन बरालले शिक्षा, स्वास्थ्यलगायत विषयमा लापर्वाही नगरी कार्यसम्पादन गर्न कर्मचारीसँग आग्रह गर्नुभयो ।
गाउँपालिकाका अध्यक्ष केशवानन्द बानियाँले सिंचाइ र स्वास्थ्यका क्षेत्रमा योजना ल्याइदिन प्रदेश सरकारलाई आग्रह गर्नुभयो । वडा नं २ का वडाध्यक्ष सुरेन्द्र मिश्राले सुत्केरीलाई मोटरसाइकलमा कुदाउनु परेकाले स्वास्थ्यचौकीका लागि एम्बुलेन्स उपलब्ध गराउन माग गर्नुभयो । (तस्वीर पनि उपलब्ध छ ।)
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter