शनिबार, २२ बैशाख २०८१

उपेन्द्र यादवको सरकारमा सहभागिता र समावेशी सरकारको आभाष

केयरखबर ,काठमांडौ

१४ जेष्ठ २०७५, सोमबार १७:३७ मा प्रकाशित

शमशाद आदिल

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच संविधान संशोधन र सरकारमा सहभागिताबारे सहमति गरी संघीय सरकारमा सहभागी हुने भएछ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरम नेपालबीच आज जेष्ठ १४ गते सोमबार संविधान संशोधन तथा सरकारमा सहभागिताबारे सहमति भएको हो।

फोरमले आन्दोलनका बेला उठाएका मांग मुद्दा हरुको सम्बन्धमा संविधान संसोधन गरी देश र जनताको पक्ष आपसी समझदारीको आधारमा गृहकार्य गरी सरकार मजबूत बनाउने सहमति भएको हो ।

आज फोरम र नेपाल कम्युनिस्ट पार्टी बीच भएको सरकार सहभागिताको सहमति लाई लिएर समाजिक संजालमा टिका टिपण्णी हुन थालेको छ । ओली र प्रचण्डको बिगतको सरकारले समानुपातिक समावेशी सरकार बनाउन बाट पछाडि रहे पनि बर्तमान उपेन्द्र यादवको सरकारमा सहभागिताले निश्चित रुपमा समानुपातिक समावेशी मन्त्री मण्डल गठन गर्नेमा खास गरी मुस्लिम हरू विश्वस्त भएको प्रतिक्रिया आई रहेको छ ।
बर्तमान ओली सरकारको ईद बिदा कटौती र मन्त्रिमण्डल मुस्लिम बिहीन रहेको कुरा लाई लिएर मुस्लिम अगुवा बुद्धिजीवीहरू संघीयता नै धरापमा रहेको बिचार बयक्त गर्दै छन । भने उपेन्द्र यादवको सरकारमा सहभागी हुनाले पश्चिम मधेशमा फोरमको साख बचाउदै बिजयी भएका बाँकेका प्रतिनिधि सभा सदस्य पूर्व मन्त्री इश्तियाक राईको मन्त्री मण्डलमा जान सक्ने फोरमका एक नेताको भनाई रहेको छ ।

मन्त्रालयको बांडफाड़मा स्वास्थ्य र सहकारी मंत्रालय गरी दुई मंत्रालय सहित एउटा राज्यमन्त्री पाउने फोरममा इश्तियाक राइको उपस्थिति निश्चित भएको मुस्लिमहरुको दाबी रहेको छ ।
संघीयता समानुपातिकता समावेशिता धर्मनिरपेक्षता पहिचान आत्मसम्मानको मुद्दा उठाएर राजनीति गरी रहेको संघीय समाजवादी फोरमले अवश्य नै आफ्नो मुद्दमा तटस्थ रहने छ भन्ने अनुमान मुस्लिम हरुको रहेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter