बिहिबार, २० बैशाख २०८१

गर्मीका लागि उपयुक्त मानिने तथा बगरमा फल्ने चिसो फल तर्बुजा उत्पादन गरीे कपिलबस्तुका कृषकहरुको मनग्ने आम्दानी ।

अजय बर्मा, कपिलवस्तु

१४ जेष्ठ २०७५, सोमबार १५:१४ मा प्रकाशित

 

कयर खबर , जेष्ठ १४

गर्मीका लागि उपयुक्त मानिने तथा बगरमा फल्ने चिसो फलका रुपमा रहेको तर्बुजा उत्पादन गरीे कपिलवस्तुको बुद्धुभुमी नगरपालिका– ९ धनकौली गाउका कृषकले मनग्ने आम्दानी गरेका छन ।

धनकौलीको मोतिनगर लगायतका गाँउका सय बढी कृषकहरुले बाणगंगा नदीको निख्खर जमिनमा तरबुजा उपादन गरी राम्रो आम्दानी गर्ने गरेका छन । उनीहरुले बाणगंंगा नदीले बनाएको बगरमा हरियो तरबुजा र खरबुजा उत्पादन गरेका छन् । नदीको निख्खर र सुख्खा बालुवामय बगर बनेको जग्गामा समेत नमूनाका रुपमा उनीहरुले उक्त चिसो फल उत्पादन गरी लाखौं सम्मको आम्दानी गर्दै आएका हुन ।

जिल्लाको धनकौली स्थित रामघाट नदीको बगरमा उत्पादीत तरबुजा जिल्लाका बिभिन्न स्थानमा लाग्ने स्थानीय हाट बजारमा बिक्रीका लागि लागिने गरिएको छ । जिल्लाका स्थानीय बजारसंगै छिमेकी जिल्ला अर्घाखांची, रुपन्देही, दाङका बजारमा तरबुजाको ब्यापार चैत देखि असार सम्म हुने गरेको छ । धनकौली स्थित शिवसंकर आइपिएम कृषक समुहका अध्यक्ष परशुराम केवटले ६० बिगाहामा सामुहिक तथा ब्यक्तिगत गरि २७ जनाले तरबुजाको खेती गर्ने गरेको बताउनुहुन्छ ।

जिल्ला कृषि बिकास कार्यालय कपिलबस्तुले तरकारी तथा फलफुल बालीका लागी पानी ंिसचाइका लागी बोरिङ र पम्पसेटको ब्यबस्था गरेको कृषकहरुको भनाइ छ । बिउबिजनको समेत ब्यबस्था गरेको कृषक केवटले बताउनुभयो ।

तरबुजा बचेरै कपिलबस्तुमा ठेला ब्यापारीहरुले राम्रो आम्दानी गर्ने गरेका छन् । गर्मी बढे पछि तरबुजाको माग बढेसैगै उनीहरुको ब्यापार समेत बृद्धि भएको छ । जिल्लाका तौलिहवा, कृष्णनगर चन्द्रौटा, चार नम्बर लगायतका बिभिन्न बजारमा ठेला ब्यापारीले तरबुजा बेचेर मनग्य आम्दानी गर्ने गरेका छन् । कपिलवस्तु नगरपालिकाको तौलिहवा बजारमा मात्र एक दर्जन बढी ठेला ब्यापारीहरुलाई खरबुजा बेच्न भ्याई नभ्याइ हुन्छ । प्रशासन चौक, नयाटोल, गौढीचोक, हाटबजार लाईन शिवालय टोल लगायतका स्थानमा ठेला ब्यापारीहरुले गर्मी मौषम सुरु भएसंगै तरबुजाको बिक्री गर्दै आएका छन । तरबुजा बिक्रीका लागि पनि कुनै समस्या नभएको ठेला ब्यापारीहरु को भनाई छ ।

त्यस्तै जिल्लामा ५ हेक्टरमा तरबुजा खेती हुने गरेको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । कार्यालय अनुसार यस बर्ष १३ सय मेट्रक टन तरबुजा उत्पादन भएको छ भने यहाँ माधुरी ६४ र मधुवाला जातका तरबुजा उत्पदान हुने गरको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter