सोमबार, १७ बैशाख २०८१

नीति तथा कार्यक्रम सर्वसम्मत पारित

१३ जेष्ठ २०७५, आईतवार १४:३७ मा प्रकाशित

काठमाडौँ, १३ जेठ (रासस) ः प्रतिनिधिसभाबाट सरकारको आव २०७५÷७६ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।

नीति तथा कार्यक्रममाथि छलफलमा उठेको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि उक्त प्रस्ताव निर्णयार्थ सभामा प्रस्तुत गरिएको थियो । यसअघि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र प्रतिपक्ष राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट दर्ता भएको संशोधनका सूचना निर्णयार्थ प्रस्तुत गर्दा सभाको बहुमतले अस्वीकृत गरेको थियो । संघीय समाजवादी फोरम नेपालका चार सांसदले भने प्रधानमन्त्रीको स्पष्टीकरणपछि संशोधन फिर्ता लिएका थिए ।

यसअघि प्रधानमन्त्रीसँग सांसद भरतकुमार शाह, सञ्जयकुमार गौतम, रामसहायप्रसाद यादव, सरिता गिरी, अमरेशकुमार सिंह, डा मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडूलगायतले स्पष्टीकरण माग गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ १५ गते सांझ ६ः३० बजे बस्नेछ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter