सोमबार, १७ बैशाख २०८१

नेपालको अन्तर्राष्ट्रियजगत्मा पहिचान बढाउन जेसिज सम्मेलन

१३ जेष्ठ २०७५, आईतवार १०:३४ मा प्रकाशित

जापान, कागोसिमा, १३ जेठ (रासस) ः जापानको कागोसिमामा जारी जुनियर च्याम्बर इन्टरनेशनल (जेसिआई) एस्प्याक अन्तर्राष्ट्रिय सम्मेलनमा युवा जनशक्तिबाट देशको विकास र समृद्धि सम्भव रहेको नेपाली टोलीले निष्कर्ष निकालेका छन् ।

यही जेठ १० देखि १३ गतेसम्म जारी चारदिने सम्मेलनमा युवा जनशक्तिलाई नेतृत्व र व्यक्तित्व विकास गर्ने रणनीति अघि सारेर देशको विकास र समृद्धि सम्भव रहेको नेपाली टोलीले निष्कर्ष निकालेको हो ।

सम्मेलनमा नेपालका तर्फबाट सहभागी नेपाल जेसिज वर्ष–२०१८ का राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालको नेतृत्वमा सम्मिलित ६० जनाको टोलीले यस्तो निष्कर्ष निकालेको छ । सम्मेलनमा युवा जनशक्तिलाई स्वदेशमै व्यवस्थापन गर्ने गरी दस्ताबेजीकरण सहितको प्रस्तुतीकरण नेपाली टोलीले गरेको छ ।
विश्वभरका ४६ देशका युवा जमातबीच एकअर्कामा परिचय, सम्बन्ध निकटता, विश्व बजारीकरण लगायतका क्षेत्रमा विचार आदानप्रदान गरिएको थियो ।
नेपाल जेसिजको इतिहासमा पहिलो पटक सबैभन्दा धैरै संख्यामा नेपाली टोलीले सो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउने अवसर पाएकाले सम्मेलन नेपाल र नेपालीका साथै नेपाल जेसिजका लागि फलदायी हुनाका साथै कोशेढुङ्गा साबित हुने नेपाल जेसिज वर्ष–२०१८ का अन्तर्राष्ट्रिय संयोजक प्रदीमन वैद्यले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter