शुक्रबार, १६ चैत २०८०

मुख्यमंत्री राउतले लाइभ मार्फ़त गरे अमेरिकाको कार्यक्रमलाई सम्बोधन

१२ जेष्ठ २०७५, शनिबार २२:०२ मा प्रकाशित

शमशाद आदिल //केयरखबर

मधेश एशोसिएशन आफ अमेरिका (मा)को प्रथम सम्मेलनमा प्रमुख अथितिको रुपमा आमंत्रित रहेका दुई नम्बर प्रदेशका मुख्यमंत्री मोहम्मद लालबाबू राउत गद्दीले आज जेष्ठ १२गते राति साढ़े नौ बजे लाइभ आएर सम्बोधन गरेका छन ।

मुख्यमंत्री लालबाबुको अमेरिका भ्रमणलाई संघीय सरकारले नीति कार्यक्रम र बजेट छुट्यौने अवधि भएको कारण देखाएर रद्द गरेको थियो ।

अमेरिकामा रहेर आफ्नो मातृभूमि सँग माया ममता गरिरहेको नेपाली नागरिक हरुको उक्त कार्यक्रम प्रतिफल हो भन्ने ठहर गर्दै हौसला बढाएका छन ।
दुई नम्बर प्रदेश शैक्षिक ,स्वास्थ्य, रोजगार को हिसाबले धेरै पछाडि परेको बताउदै आफूले अब समृद्धि र सुशाशन ल्याउन लागिरहेको बताए ।
उनले मंतब्यको क्रममा भोजपुरी भाषा बोल्दै अत्यंत खुशी महसूस गर्दै धन्यवाद प्रकट गर्नुको साथै कार्यक्रमको सफ़लताको कामना गरे ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter