आइतबार, १६ बैशाख २०८१

प्रधानमन्त्रीले भोलि सदनमा जवाफ दिनुहुने

१२ जेष्ठ २०७५, शनिबार २०:३३ मा प्रकाशित

काठमाडाँै, १२ जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाउनुभएका प्रश्नहरुको भोलि आइतबार जवाफ दिनुहुने भएको छ ।

आइतबार बिहान ११ः०० बजे प्रारम्भ हुने प्रतिनिधिसभा र अपराह्न १३ः०० बजे शुरु हुने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले बताउनुभयो ।

गत सोमबार राष्ट्रपतिले संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षका निम्ति प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि दुवै सदनमा भएका छलफलमा सांसदहरुले राख्नुभएका जिज्ञासाको जवाफ प्रधानमन्त्रीले दिन लाग्नुभएको हो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter