आइतबार, २३ बैशाख २०८१

गैरआवासीय नेपालीलाई नागरिकता मिलाउन कानून निर्माण गर्नुपर्ने

१२ जेष्ठ २०७५, शनिबार १०:३५ मा प्रकाशित

काठमाडौँ, १२ जेठ (रासस)  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानमा उल्लेख भएको गैरआवासीय नेपालीको नागरिकताको व्यवस्था गर्न कानून निर्माण गरी लागू गर्नुपर्ने बताउनुभएको छ ।

गैरआवासीय नेपालाी संघको प्रतिनिधिमण्डलसँग शुक्रबार आफ्नै कार्यकक्षमा छलफल गर्दै उहाँले गैरआवासीय नेपाली नागरिकलाई मुलुकको विकासमा सहभागी गराउन आफूले प्रयास गर्ने बताउनुभयो । संघका अध्यक्ष भवन भट्टको नेतृत्वको प्रतिनिधिमण्डलले नेपालको निर्माणको अभियानमा होमिएका गैरआवासीय नेपालीलाई नेपालको विकासमा साझेदारका रुपमा सहभागी गराउन आग्रह गर्नुभएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter