सोमबार, ३१ बैशाख २०८१

गोलान हाइट्स कब्जा गर्ने आतंकी इजरायलको दाउ, अमेरिकालाई दबाव दिने रणनीति

११ जेष्ठ २०७५, शुक्रबार १०:२२ मा प्रकाशित

११ जेठ, एजंसियां  । इजरायलले गोलान हाइट्स आफू मातहत ल्याउन अमेरिकामाथि दबाव दिने रणनीति बनाएको छ । अमेरिका पनि एक महिनाभित्र सहमतिमा आउने विश्वास इजरायलको छ ।

इजरायलका गुप्तचर विभागका मन्त्री ई कात्जले गोलान हाइट्स इजरायल मातहत ल्याउने यो नै उपयुक्त समय भएको बताएका छन् ।

समाचार एजेन्सी रोयटर्सलाई दिएको अन्तर्वार्तामा कात्जले भनेका छन्, ‘अन्तर्राष्ट्रिय समुदायबाट गोलान हाइट्समाथि इजरायलको नियन्त्रणलाई मान्यता दिलाउने यो नै सबैभन्दा उपयुक्त समय हो । त्यसका लागि अमेरिका एक महिनाभित्र सहमतिमा आउनसक्छ ।’

गोलान हाइट्स के हो ?

गोलान हाइट्स दक्षिण-पश्चिमी सीरियास्थित एक पहाडी क्षेत्र हो । यो क्षेत्र राजनीतिक र रणनीतिक रुपमा विशेष मानिन्छ । इजरायलले १९६७ मा सीरियासँग ६ दिनसम्म युद्ध गरेर गोलान हाइट्स कब्जा गरेको थियो । युद्धको क्रममा सो क्षेत्रमा बसोबास गर्ने सीरियाका धेरै नागरिकहरु विस्थापित भएका थिए ।

१९७३ मा भएको मध्यपूर्वको युद्धको क्रममा सीरियाले गोलान हाइट्स पुनः आफ्नो नियन्त्रणमा लिन युद्ध गर्‍यो । युद्धमा इजरायललाई धेरै क्षति भए पनि सीरिया सफल हुन सकेन ।

त्यसपछि सन् १९७४ मा दुवै देशबीच युद्धविराम लागू भयो । युद्धविराम भएलगत्तै संयुक्त राष्ट्रसंघले आफ्ना सेनालाई सो क्षेत्रमा खटाएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter