सोमबार, २४ बैशाख २०८१

समाजमा विद्यमान मनासिब रीतिलाई मान्यता दिन आग्रह

१० जेष्ठ २०७५, बिहीबार २०:३९ मा प्रकाशित

रसुवा, १० जेठ (रासस) ः कामु प्रधानन्यायाधीश दीपकराज जोशीले रसुवा जिल्ला अदालतको नवनिर्मित भवनको आज उद्घाटन गर्नुभएको छ ।

रु दुई करोड ९६ लाख ८४ हजार ९६७ को लागतमा बनेको भवनमा एक इजलाससहित १८ कोठा छन् । साढे सात रोपनी जमीनमा बनेको पक्की भवन बाल र अपाङ्गतामैत्रीसमेत छ । सो अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश जोशीले न्यायालयमाथिको विश्वनीयता बढाउन न्यायकर्मीलाई निर्देशन दिँदै गाउँको मुद्दा स्थानीयस्तरमै छिनोफानो गर्न मेलमिलापको नीतिलाई अगाडि बढाइएको बताउनुभयो ।

जिल्ला समन्वय समितिका उपप्रमुख छोपेमा तामाङले रसुवाबासी न्यायालयप्रति आस्थावान् रहेको बताउनुभयो । अधिवक्ता एवं रसुवा बारका अध्यक्ष फुर्पा तामाङले मनासिबखाले गाउँ समाजमा चलिरहेका रीतिलाई पनि मान्यता दिन कामु प्रधानन्यायाधीशसमक्ष आग्रह गर्नुभयो । जिल्ला न्यायाधीश बाबुराम सुवेदीले जिल्ला अदालतमा वार्षिक सरदर ७० मुद्दा पर्ने गरेको र समयमै छिनोफानो हुने गरेको बताउनुभयो ।

जिल्लामा विसं २०३७ मा अदालत स्थापना भए पनि पक्की भवन नहुँदा कठिनाइ भइरहेको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter