आइतबार, ०६ जेठ २०८१

औषधि पसलमा आगलागी तीन घर नष्ट

९ जेष्ठ २०७५, बुधबार १२:१३ मा प्रकाशित

राजविराज, ९ जेठ (रासस)  सप्तरीको सुरुङ्गा नगरपालिका– २ भेडियास्थित एउटा औषधि पसलमा आज बिहान आगलागी हुँदा लाखौंँ मूल्य बराबरको क्षति भएको छ ।

स्थानीयवासी आनन्द विकले सञ्चालन गरेको औषधि पसलमा विद्युत् चुहिई आगलागी हुँदा करीब रु दश लाख मूल्य बराबरको औषधि र टिनको छानो भएको एउटा घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

त्यस्तै छिमेकी श्रवणलाल विक र हृदयनारायण चौधरीको एक एक घर जलेर नष्ट हुँदा लत्ताकपडा, खाद्यान्न, अन्नपात, भाँडावर्तन र नगद गरी रु दश लाखभन्दा बढीको क्षति भएको छ । आगो स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको वारुण यन्त्रले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter