आइतबार, ०६ जेठ २०८१

घुस लिँदै गर्दा अख्तियारको फन्दामा सुनसरीका जिल्ला शिक्षा अधिकारी: सुवेदी

नसीम अन्सारी इनरुवा

९ जेष्ठ २०७५, बुधबार १२:०५ मा प्रकाशित

कयर खबर ९ जेठ  इनरुवा। घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीलाई पक्राउ गरेको छ। बुधबार बिहान घुस लिँदै गरेको अवस्थामा सुनसरी जिसिअ सुवेदीलाई अख्तियारको टोलिले उनकै निवासबाट नियन्त्रणमा लिएको क्षेत्रीय अख्तियार दुरुपयोग कार्यालय इटहरीले जनाएको छ । एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग ‘विद्यालयको कम्पाउन्ड र शौचालय निर्माणका लागि बजेट मिलाइदिने भन्दै ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा सुवेदीलाई पक्राउ गरिएको’ जनाइएको छ । यता सुनसरीको जिसअ सुवेदीलाई घुस दिने विद्यालय र प्रअको नाम भने खुलाइएको छैन घुस लिँदै गर्दा अख्तियारको फन्दामा सुनसरीका जिल्ला शिक्षा अधिकारी सुवेदी

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter