आइतबार, २३ बैशाख २०८१

आमाको १९ औं स्मृती दिवसमा अनाथ असहाय बालकलाई सहयोग हस्तान्तरण

अजय बर्मा तौलिहवा कपिलवस्तु

९ जेष्ठ २०७५, बुधबार ११:४७ मा प्रकाशित

कयर खबर ,कपिलबस्तु । जेष्ठ ९ ।
१९ बर्ष अघि दिवंगत तुल्सादेवी बर्माको १९ औं बार्षिक पूण्यतिथीमा बर्मा परिवारद्धारा कपिलबस्तु बालगृहका बच्चाहरुलाई शैक्षिक सामग्री एवं स्कुल किट हस्तान्तरण गरिएको छ । कपिलबस्तु नगरपालिका वडा नं. १ निवासी रामदेव बर्माको श्रीमती स्वर्गीय तुल्सादेवी बर्माको १९ आंै बार्षिक पुण्यतिथिमा बालगृहका बच्चाहरुलाई उक्त सामग्री बितरण गरिएको हो । कपिलबस्तु बालगृहमा तौलिहवामा आयोजित कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरिएको हो । आमाको सम्झनामा आफुहरुले बालगृहका अनाथ असहाय बालकहरुको सहयोगार्थ २५ हजार बराबरको सामग्री उपलब्ध गराएको छोरा नित्यानन्द बर्माले बताउनुभयो । बालगृहका १८ जना बच्चाहरुलाई प्रतिबच्चा १ थान झोलामा, छालाको जुत्ता,चप्पल, कापी,कलम, पेन्सिल, चाउचाउ,बिस्कुट,फुटवल लगायतका सामान सहयोग प्रदान गरिएको हो । स्वर्गीय आमाका छोरा सचितानन्द बर्मा, नित्यानन्द बर्मा, देवानन्द बर्मा, आत्मानन्द बर्मा, लगाएतले बालगृहका प्रमुख रामप्रसाद अर्याल मार्फत बालकहरुलाई उक्त सामाग्रि हस्तान्तरण गरेका हुन् । कार्यक्रममा सचितानन्द बर्माले दिवँगत आमाको १९ औं स्मृती दिवस तथा पुण्यतिथिको सम्झनामा बिभिन्न सामाजिक कार्यहरु गरिरहेको बताउनुभयो । बालगृहका प्रमुख रामप्रसाद अर्यालले आफ्नो आमाको स्मृतिमा छोराहरुले सामाजिक कार्य गर्दै आएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter