आइतबार, ०६ जेठ २०८१

महोत्तरीको बजारमा सिक्का चल्दैन

९ जेष्ठ २०७५, बुधबार १०:५२ मा प्रकाशित

गौशाला, ९ जेठ (रासस)  केही दिनदेखि महोत्तरी जिल्लाका हाटबजारमा सिक्का पैसा चल्न छोडेको छ ।

जिल्ला सदरमुकाम जलेश्वरसहित विभिन्न गाउँ, शहरमा रहेका हाटबजार र पसलमा सिक्का पैसा लिन छाडेको उपभोक्ताले गुनासो गरेका छन् । जिल्लाका सयौँ गाउँ तथा दर्जनभन्दा बढी शहरका सानादेखि ठूलो पसलले अहिले खुद्रा (सिक्का) पैसा लिन छाडेको जिल्लावासीको गुनासो रहेको छ ।

अहिले पसले तथा हाटबजारमा सामग्री बेच्न बसेका व्यापारी व्यवसायीले खुद्रा पैसा — जस्तै एक रुपैयाँ, दुई रुपैयाँ र पाँच रुपैयाँका सिक्का नलिएको उपभोक्ताको गुनासो रहेको छ ।

उपभोक्ताले कुनै पनि पसलमा खुद्रा पैसा लिएर गएमा व्यापारी, व्यवसायी यो पैसा अब चल्दैन । हामी लिदैनाँै भनी सरसामान नदिने गरेको जनगुनासो रहेको छ ।

त्यस्तै, विभिन्न गाउँठाउँमा रहेका सानासाना पसलमा पनि स–साना बालबालिकाले सरसामान किन्न जाँदा पसलेले सिक्का पैसा नलिने गरेको आम अभिभावकको गुनासो रहेको छ ।

यस सन्दर्भमा जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक रामबहादुर साहसँग जानकारी लिँदा उहाँले सर्वसाधारणको सिक्का पैसा लिने गरेको बताउनुभयो । तर उहाँले त्यसकालागि आमजनताले सिक्का पैसा एकसयको पोका बनाएर दिएमा मात्रै लिने गरेको बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter