बुधबार, ०२ जेठ २०८१

चीनसँग शैक्षिक सहकार्यबारे छलफल

८ जेष्ठ २०७५, मंगलवार १७:५२ मा प्रकाशित

काठमाडौँ, ८ वैशाख (रासस)  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चिनियाँ राजदूत यू होङ्बीच आज भएको भेटवार्तामा दुई देशबीच शैक्षिक सहकार्यका विषयमा छलफल भएको छ ।

उहाँहरूबीच उच्च शिक्षामा छात्रवृत्ति, समकक्षता, विज्ञान र प्रविधिको प्रयोगलगायतका विषयमा छलफल भएको छ । मन्त्री पोखरेलले चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीको समयसीमा र एकरुपता कायम गर्दै अगाडि बढ्ने योजना रहेको बताउनुभयो ।

विश्वविद्यालयहरूमा साझेदारी गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदैं मन्त्री पोखरेलले चिकित्सा शिक्षा, प्राविधिक विषयमा अध्ययन छात्रवृत्ति, विद्यालय पुनःनिर्माण, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा चिनियाँ सहयोगको प्रशंसा गर्नुभयो ।

मन्त्री पोखरेलले निकट भविष्यमा हुने प्रधानमन्त्रीको चीन भ्रमणबाट शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

राजदूत होङ्ले नेपाल सरकारको प्राथामिकताको क्षेत्रमा चीन सरकार सधैँ सहयोग गर्न तयार रहेको बताउँदै दुई देशबीचको सम्बन्ध सुदृढ र मजबूत रहेको उल्लेख गर्नुभएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter