आइतबार, ०६ जेठ २०८१

भारतबाट ठूलो परिमाणमा खाद्यान्न आयात

८ जेष्ठ २०७५, मंगलवार १५:१९ मा प्रकाशित

विराटनगर, ८ जेठ (रासस)  खाद्यान्नमा आत्मनिर्भर हुन नसकेपछि भारतबाट ठूलो परिमाणमा खाद्यान्न आयात हुने गरेको छ ।

चालू आर्थिक वर्षको आठ महिनामा विराटनगर नाका भएर एक लाख ३८ हजार ६७ मेट्रिक टन खाद्यान्न भारतबाट आयात भएको छ । सोमध्ये सबैभन्दा बढी मकै आयात भएको छ । चालू आवको फागुनसम्म ५३ हजार ४३ मेट्रिक टन मकै आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय, विराटनगरका प्रमुख अरुणकुमार घिमिरेले जानकारी गराउनुभयो ।

सोही नाकाभएर ३३ हजार ११८ मेट्रिक टन धान, २३ हजार १९५ मेट्रिक टन गहुँ र २८ हजार ७११ मेट्रिक टन चामल आयात गरिएको छ । सोही अवधिमा दुई हजार ५५९ मेट्रिक टन तरकारी, ६ हजार ३११ मेट्रिक टन आलु र ६ हजार २६० मेट्रिक टन प्याज आयात भएको कार्यालयले जनाएको छ । नौ हजार ४५१ मेट्रिक टन विभिन्न प्रकारका फलफूल पनि सोही अवधिमा आयात गरिएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter