आइतबार, ०६ जेठ २०८१

आजदेखि हवाई सेवा बन्द, सर्वसाधारण मारमा

८ जेष्ठ २०७५, मंगलवार १२:१७ मा प्रकाशित

भोजपुर, ८ जेठ (रासस)  आजदेखि भोजपुर—काठमाडौँ हवाई उडान बन्द हुने भएपछि सर्वसाधारण मारमा परेका छन् । वायुसेवा निगमले आजदेखि १५ दिनका लागि उडान बन्द गरेको हो ।

नेपाल वायुसेवा निगमका दुईवटै ट्वीनअटृर जहाज मर्मत गर्नुपर्ने भएकाले १५ दिनका लागि सेवा बन्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरका कार्यालय प्रमुख नारायण पुरीले जानकारी दिनुभयो ।

हवाईसेवा अवरुद्ध भएपछि बिरामी, वृद्धवृद्धा भने झन् बढी मारमा पर्ने भएका छन् । निगमले भोजपुर—काठमाडौँ मंगलबार, बिहीबार, शुक्रबार र शनिबार उडान भर्दै आएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter