बुधबार, १९ बैशाख २०८१

लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया . पोखरीमा डुबेर चार बालिकाको मृत्यु

७ जेष्ठ २०७५, सोमबार १५:३६ मा प्रकाशित

लुम्बिनी, ७ जेठ (रासस) ः रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर चारजना बालिकाको मृत्यु भएको छ ।

बिहान ११ः३० बजेतिर नुहाउन पोखरीमा पुगेका उनीहरु पौडिन नसक्दा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

इप्रका लुम्बिनीका प्रमुख एवं प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नौ वर्षीया अविदा खातुन, १० वर्षीया साहिमा खातुन, मुदिना खातुन र १४ वर्षीया साहिया खातुन रहेका छन् ।

बालिका डुबेको स्थान लुम्बिनीदेखि झण्डै चार किलोमिटर पश्चिम तथा स्थानीय गाउँदेखि एक किलोमिटर टाढा रहेको छ ।

वडा नं ११ का अध्यक्ष अकरामद्धिन खाँले पोखरीमा बालिका डुबेको देखेपछि स्थानीयवासी र प्रहरीलाई खबर गरेपछि प्रहरीले उनीहरुलाई पोखरीबाट निकालिएको थियो । उक्त पोखरी प्राकृतिक पोखरीका रुपमा रहेको र त्यस वरपर रहेका बालबालिका अन्य समयमा पनि नुहाउन जाने गरेको स्थानीयवासीले बताएका छन् ।

उनीहरुको मृत्युपछि लुम्बिनीको मसिना गाउँ सोकमा डुबेको छ । मृतक बालिकाको शव परीक्षणका लागि भैरहवा ल्याउने तयारी भएको प्रहरीले जनाएको छ । बालिकामध्ये दुईजना दाजु भाइका छोरी रहेको बुझिएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter