शुक्रबार, १४ बैशाख २०८१

निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

७ जेष्ठ २०७५, सोमबार १०:१८ मा प्रकाशित

बाजुरा, ७ जेठ (रासस)  बाजुराको बूढीगंगा नगरपालिकामा आइतबार सञ्चालन गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा २०० भन्दा बढी बिरामीले सेवा लिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाजुराको समन्वय र बूढीगंगा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा २०० बढीले उपचार सेवा पाएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले बताउनुभयो । शिविरमा आएका ५० जना बिरामीलाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ ।
शिविरमा छाला तथा यौन रोगसम्बन्धी उपचार तथा परामर्श दिइएको थियो । त्यसबाहेक अन्य बाल रोग, स्त्री रोग, हाड जोर्नी, सुगर, दीर्घरोगको पनि उपचार गरिएको डा दुर्गा महर्जनले बताउनुभयो । शिविरमा अपांगता भएका व्यक्तिलाई बैसाखी पनि वितरण गरिएको बूढीगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख दीपक शाहले जानकारी दिनुभयो ।
शिविरमा निःशुल्क औषधि वितरण गरिएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter