सोमबार, ०७ जेठ २०८१

जनताको भावनालाई समेटेर प्रदेशको नामाकरण : मुख्यमन्त्री राई

६ जेष्ठ २०७५, आईतवार १८:२२ मा प्रकाशित

इटहरी, ६ जेठ (रासस)  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको भावनालाई समेटेर प्रदेशको नामाकरण र स्थायी राजधानीको टुंगो लगाउन छलफल र परामर्श गरिरहेको बताउनुभएको छ ।

मुख्यमन्त्री राईले सुनसरीको धरान–१७ साकेलापार्कमा किरात राई यायोक्खा जिल्ला कार्यसमितिको आयोजनामा ‘प्रारम्भिक गाउँस्तरीय साकेला सिली उभौली चण्डी नाच प्रदर्शनी–२०७५’ समापन कार्यक्रममालाई सम्बोधन गर्दै जनअनुमोदित संविधानअन्तर्गत बनेको प्रदेश सरकारले यही प्रदेशको जनताको चाहना र भावना बुझेर नै प्रदेशको नामाकरण र स्थायी राजधानी तोकिनेमा ढुक्क हुन आग्रह गर्नुभयोे ।

“बहस र छलफल गरिरहेका छौँ, सबैको सहमति अनुसार नै निर्णय गछौँ,” उहाँले भन्नुभयो । मुख्यमन्त्री राईले प्रदेशको विकास र समृद्धि अहिलेको आवश्यकता भएको बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter