शुक्रबार, २१ बैशाख २०८१

बिदा नपाए सरकारलाई सरापिने

मेराज अहमद हिमालय

५ जेष्ठ २०७५, शनिबार २३:१८ मा प्रकाशित

मेराज़ अहमद ,जेष्ठ-५ नेपालगंज
मुस्लिम समुदायको महान धार्मिक पर्व रमजान महिनाको ब्रत जेष्ठ ३ गते देखि सुरुवात भई सकेकोछ। मुस्लिम समुदाय आज तेस्रो रोजा हर्षोल्लास खुशीका साथ मनाउदै छन। राष्ट्रमा अमन चयन शान्ति समृद्धि खुशहालीको लागि अल्लाह संग दुआ प्रार्थना गरिरहेको भए पनि बर्तमान सरकार सँग रुष्ट छन। एमाले र माओबादी केन्द्रको एकिकरणले आफनै दलको बहुमत प्राप्त सरकार नेपाल कम्युनिस्ट पार्टीले मुस्लिम समुदायको एक महीने ब्रत रमजान पश्चात आउन लागेको विश्व प्रसिद्ध महानपर्व ईदुलफित्र ईदको र ईदुल अजहा (बक्रईद) तथा मोहम्मद जन्म जयन्ती सार्वजनिक राष्ट्रीय बिदा घोषणा हुनेछ भनि मुस्लिम समुदाय आशा र बिस्वास लिएकाछन। यस बिषयमा बांके बाट पार्टी केन्द्रीय सदस्यमा मनोनित 5जना सदस्य हरूले अहम भुमिका निर्वाह गर्नेछन भनि मुस्लिम समुदाय विश्वस्त पनि छन।
हुन त ,नेपाली कांग्रेसले बिपक्षको भूमिका निर्वाह गर्दै संघीय सदनमा जोडदार आवाज़ उठाउनु पर्ने हो र काग्रेस भातृत्व मुस्लिम संघ नेपालले आफनो अहम भुमिका निर्वाह गरि देश भर आवाज़ बुलंद गर्नु पर्नेथियो तर गर्न सकेनन, अब मुस्लिम समुदायको चाहना इत्तेहाद संगठन र मुस्लिम मुक्ति मोर्चाले यस कार्यमा ज्यानको बाजि लगाएर भए पनि मुस्लिम मांग मुद्दा तथा पर्वहरूमा सार्वजनिक बिदा घोषणा गराउन तथा मुस्लिम समुदाय का जायज मांग हरू सम्बोधन गराउन अहम भूमिका निर्वाह गर्नुपर्दछ ।
यदि यस वर्ष ईदको सार्वजनिक बिदा घोषणा हुन सकेन भने मुस्लिम संघ नेपाल, इत्तेहाद संगठन तथा मुस्लिम मुक्ति,मोर्चा ले आ आफनो पार्टी हरूबाट राजीनामा दिनु स्वाभाविक हुनेछ ।
यस्तो हुन सकेन भने मुस्लिम समुदायले यस्ता संघ संगठन तथा पार्टी लाई बहिष्कार गर्नु नैतिक जिम्मेवारी हुने छ ।

रमज़ानको २९औँ दिन पश्चात मनाईऩे बिश्वब्यापी महानपर्व ईदुल फित्र ईदको राष्ट्रीय बिदा सरकारले गरेन भने ७७ वटै जिल्लामा हालको ओली सरकारलाई सरापिने तथा यस पार्टी लाई बहिष्कार गर्ने कार्यक्रम नमाज़ पश्चात गर्न संम्पुर्ण मुस्लिम समुदाय संग हार्दिक अपील छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter