आइतबार, १६ बैशाख २०८१

पाँचौ रमपम उदयपुर गोल्डकपको उपाधि थ्रीस्टारलाई

५ जेष्ठ २०७५, शनिबार २०:५३ मा प्रकाशित

उदयपुर, ५ जेठ (रासस)  मनाङमस्र्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै पाँचौ रमपम उदयपुर गोल्डकप फुटबलको उपाधि थ्रीस्टार क्लबले जितेको छ ।

आज यहाँ सम्पन्न फाइनलमा थ्रीस्टारका मार्टिनले १५ औँ मिनटमा गरेको गोल नै उपाधिको निर्णायक गोल बन्यो । त्यसपछि दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि गोल गर्न सकेनन् ।

उपाधि विजेता थ्रीस्टारले ट्रफीका साथ रु पाँच लाख र उपविजेता मनाङले ट्रफी र रु तीन लाख प्राप्त गर्न सफल भयो । विजेता तथा उपविजेता टोलीलाई प्रदेश नं. १ का आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङबोले पुरस्कार तथा ट्रफी प्रदान गर्नुभयो ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता थ्रीस्टारका मार्टिन उत्कृष्ट खेलाडी घोषित हुँदै रु ५० हजार प्राप्त गरे । उनले प्रतियोगिताभर चार गोल गरेका थिए ।

गएको वैशाख २९ गतेदेखि शुरु भएको प्रतियोगितामा ‘ए’ डिभिजनका आठ टोलीको सहभागिता रहेको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter