शुक्रबार, २८ बैशाख २०८१

चुलाचुली गाउँपालिकाबाट बन्दुकसहित पाँचजना पक्राउ

५ जेष्ठ २०७५, शनिबार १८:२२ मा प्रकाशित

मंगलबारे, इलाम, ५ जेठ (रासस)  प्रहरीले चुलाचुली गाउँपालिकाबाट भरुवा बन्दुकसहित पाँचजनालाई पक्राउ गरेको छ ।

प्रहरीले चुलाचुली गाउँपालिका वडा नं १ का नयन फागो, पोवेन फागो, विवस फागो, विश्वजित चेम्जोङ र पासाङ तामाङलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट बिना इजाजतको एक थान भरुवा बन्दुकसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

उनीहरुलाई यही जेठ १ गते पक्राउ गरिए पनि आज मात्र सार्वजनिक गरिएको हो ।

प्रहरी चौकी, पेल्टीमारीको गस्ती टोलीले पाँचैजनालाई बन्दुकसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो । उनीहरुलाई हातहतियार तथा खरखजानाअन्तर्गत मुद्दा दायर गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि सोही ठाउँबाट प्रहरीले एक थान बेवारिसे भरुवा बन्दुक फेला पारेको थियो । बेवारिसे बन्दुक फेला पारेपछि थप अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter