आइतबार, १६ बैशाख २०८१

प्रधानमन्त्रीद्वारा स्व शाहप्रति श्रद्धाञ्जलि

५ जेष्ठ २०७५, शनिबार ११:२७ मा प्रकाशित

काठमाडौँ, ५ जेठ (रासस)  प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रियस्तरका नेपाली फुटबल खेलाडी मणिविक्रम शाहको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले जारी गरेको प्रेस विज्ञप्तिमा शाहको निधनबाट राष्ट्रले एक उत्कृष्ट फुटबल खेलाडी र फुटबल प्रशिक्षकलाई गुमाएको उल्लेख छ ।

प्रधानमन्त्री ओलीले स्व शाहप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । फुटबल खेलाडी शाहको ५१ वर्षको अल्पआयुमा वैशाख ३१ गते निधन भएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter