बिहिबार, १५ चैत २०८०

“एमाले-माके एकता नवसंशोधनवादको उपज”नेता ढकाल

५ जेष्ठ २०७५, शनिबार ०९:०४ मा प्रकाशित

नेपाल संघीय समाजवादी पार्टीका नेता राम कृष्णा  (आरके) ढकालले तत्कालीन एमाले र मावोवादीविच भएको एकीकरणलाई पुँजीवादी नव-संशोधनवादीहरुको एकता भएको आरोप लगाएका छन्।
केयर खबरका शमशाद आदिलसित गरेको संक्षिप्त कुराकानीमा उनले भने ‘आर्थिक समृृृद्धि र समाजवादको परिकल्पना केवल जनतालाई भ्रममा राखी लुटतन्त्र फष्टाउने मेसो मात्रै हो।’

नेपाल संघीय समाजवादी पार्टीका प्रभावशाली नेता ढकालले नेपाल कम्युनिस्ट पार्टीको एकता झट्ट  हेर्दा  नेपाली जनताको पक्षमा  देखिएपनि सारमा कसैको कुन्ठित स्वार्थबाट निर्देशित नाटकीय प्रपन्च भएको आरोप लगाए।

आर के ढकाल

एमाले र माओवादीको मिलनले राष्ट्र र नेपाली समाजको हितमा काम गर्न नसक्ने तथा जनताको  आर्थिक समृद्धिको  अभिलाषालाई पूरा गर्न नसक्ने उनको जिकिर थियो ।

नेता ढकालले  माओबादी केंद्र र एमालेको पार्टी एकता नभई जनयुद्धका पक्षधरहरुको मनोभावना विपरीत एजेण्डा तथा मुल्यमान्यतालाई माओवादीले एमालेको कुटिलतामा  बिसर्जन गरेको  ठहर  गरे ।

केयर खबर सङ्ग कुराकानी गर्ने क्रममा ढकालले तत्कालीन एमाले र माओबादी केन्द्र भित्रका राष्ट्रभक्त नागरिकहरू एकताबद्ध भई नयाँ उचाइको शसक्त तेस्रो धारको वैकल्पिक शक्ति निर्माण गर्नको निम्ति त्यहाँ बाट बिद्रोह गरेर आए सहकार्य गर्ने समेत बताए।

नेता ढकालले भने ‘नेपाल कम्युनिष्ट पार्टी
सङ्ख्यात्मक हिसाबमा मात्रै ठूलो भएको हो,
गुणात्मक एकता भएको छैन’ उनले जोड दिंदै भने ‘क्रमशः भंडाफोर गर्दै सशक्त बैकल्पिक शक्ति निर्माण गर्ने अभियानमा अबको हाम्रो ध्यान लागेको छ।’

राष्ट्रवादको जलप लगाएको वामगठबन्धनको सरकारले जनताको हितमा भन्दापनि अरुण तेस्रो जस्तो विवादास्पद योजना भारत लाई सुम्पेर नेपाली जनताको स्वाभिमान माथि आँच पुर्याएको केपी सरकारको राष्ट्रवाद लम्पसारवादमा परिणत भएको भन्दै ‘दलालहरुको  एकताले राष्ट्रको हित हुँदैन’ उनले बताए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter