शुक्रबार, २१ बैशाख २०८१

आज़ाद बिषामा काम गर्न गएका १४ नेपाली कतारमा दुई महिना देखि अल्पत्र

५ जेष्ठ २०७५, शनिबार ०५:१३ मा प्रकाशित

केयरखबर,दोहा
कैलालिको टिकापुर नगरपालिका वडा नम्बर ०१ बस्ने २३बर्षका करन बिक ले बिगत ६ महिनामा करिब ५० जना नेपाली लाइ आजाद भिसामा जनही १ लाख २० हजार आफुले लिएर कतार ल्याएको कुरा बि बि खरालले जानकारी दिएका हुन।

एजेन्ट बिकले कैलाली ,उदयपुर ,डढेलधुरा ,सिन्धुली लगाएतका जिल्ला बाट गएका १४ जना नेपाली लाई बिगत दुई महिना देखि एउटा सानो कोठामा अलपत्र छाडि खाना समेत नदिएको अबस्थामा आफुले गोप्य सुचनाको आधारमा भटे पछी पीडित लाइ उद्दार गरि अन्यत्रै राखिएको र एजेन्ट लाई पक्राउ गरि एक हप्ता भित्र लागत फिर्ता गरि नेपाल पठाउने लिखित सहमति गरेको खरालले बताएका छन ।

उक्त मानब तस्करी गर्दै आएका करन बिकले एक हप्ता फित्रमा नेपाल पठाउछु र बाकि रकम फिर्ता गर्ने कुरा सहमती हस्ताक्षर गरेका छन । नेपालको सिनामंगलस्थित इशान मेनपावर सङ मिलोमतो गर्दै श्रम सेटिङ गरेर आफुले मान्छे झिकाउने बारे उनले खुलाएका छन । उनका दुइ एजेन्ट काठमाडौंमा रहेको बताउदै ति एजेन्टहरुले चर्को रकम लिएका होलान तर मैले मात्रै १ लाख २० हजार जनही लिएकोकुरा बि बि खरालले बताएका छन ।
आजाद भिसामा राम्रो काम दिलाइदीने आशामा कतार आएको तर यहा आउदा त्यस्तो नभएको गुनासो पिडित निमा वाइबाले जनाए र आफुहरु सङ खाना खाने पैसा समेत नभएको गुनासो गरेका छन ।

यसरी अलपत्र पर्नेहरु कैलालीका कपिल बिक,आकाश बिक ,अशोक लोहार ,बिरु कुवर र अन्य जिल्लाका निमा वाइबा,अजित बिक,बिनोद शाही,नरेश बिक,अमृत सार्कि,अभिशेक बिक रहेका छन । नेपालका एजेन्ट राज बिक र बिजय बिक इशान मेनपावर मार्फत एजेन्टको काम गर्ने खुलासा भएको छ ।
दोहामा आजाद भिसामा चर्को रकम लिदै नेपाली लाइ ठग्ने काम नेपालीले नै गर्दै आएको र आजाद भिसाका धेरै कारोबारीहरु संलग्न रहेका छन ।
बि बि खराल विगत दुई बर्ष देखि मजदूर हरुको उद्द्वारको काम सराहनीय भूमिका खेल्दै आएका नेपाल कम्युनिष्ट पार्टीका नेता हुन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter