बिहिबार, २० बैशाख २०८१

नेपाल कम्युनिस्ट पार्टीको एकीकरण स्वागत योग्य

५ जेष्ठ २०७५, शनिबार ००:२५ मा प्रकाशित

शमशाद आदिल,केयर खबर//काठमांडौ

सबै उत्पीड़ित जाती वर्ग क्षेत्रको जनताको मुक्ति र समृद्धि तत्कालीन एमाले र माओबादी केंद्रको एकीकरणबाट बनेको नेपाल कम्युनिस्ट पार्टीमा मात्र सम्भव भएकोले स्वागत योग्य रहेको अतहर हुसैन फारुकिले बताए ।

तत्कालीन माओबादी केन्द्र निकट मुस्लिम मुक्ति मोर्चाका अध्यक्ष फारूकीले हामी मुस्लिम हरुको मांग मुद्दा सुनुवाई हुन सजिलो हुने आश भएको कुरा बयक्त गरेका हुन ।

मार्क्सवाद लेनिनवाद र छलफल को बिषय रहेको माओबादको बैचारिक मार्ग निर्देशित सिद्धांतमा आधारित कम्युनिस्ट पार्टीले मात्र उत्पीड़ित जनसमुदायको मुक्ति गर्न सक्छ भन्ने कुरा मुस्लिम मुक्ति मोर्चा स्प्ष्ट रहेको बताउदै
पार्टीको गठन हुदा मुस्लिम समुदायबाट केन्द्रीय सदस्यमा छ जना परेको जानकारी दिए ।अतहर फारूकी अहिले छ जना भित्र आफू न परे पनि नया कमिटीमा आफू लगायत धेरै साथी हरू केंद्रीय सदस्यमा पर्ने कुरा बयक्त गरे ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter