बिहिबार, २० बैशाख २०८१

औद्योगिक क्षेत्र नियमित सञ्चालन गरिने

४ जेष्ठ २०७५, शुक्रबार २०:५४ मा प्रकाशित

हेटौँडा, ४ जेठ (रासस)  प्रदेश नं ३ प्रदेशसभामा आज बसेको बैठकमा आव ०७५÷७६ का लागि बजेट विनियोजित विधेयक, २०७५ को सैद्धान्तिक र प्राथमिकताका विषयमा छलफल शुरु भएको छ ।

छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यले बजेटले समेट्न नसकेका सार्वजनिक सरोकारका विषयमा सुझाव दिनुभयो ।

सदस्य मुनु सिग्देल, विराजभक्त श्रेष्ठ, शान्तिप्रसाद पौडेल, घनश्याम दाहाल, सुष्मा शाक्य, बुद्धिमान माझी, सुरेन्द्रराज गोसार्इं, रीना गुरुङ, रीता माझी, विजया श्रेष्ठ, न्हुछेमान श्रेष्ठ, भावना सुवेदी, सीता अधिकारी, बिजुका बर्मा, दीपक निरौला, बलराम पौडेल, प्रभात तामाङ, ओमबहादुर लामा, सरस्वती बस्नेत, नानी गोले, रमा आले मगर, राजेन्द्रमान श्रेष्ठ र जीवन खड्काले बजेटको विनियोजन शीर्षकमासमेटिनुपर्ने जनसरोकारका सम्बन्धमा सुझाव दिनुभएको थियो ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्र्रदेशमा सुशासन र पारदर्शिता कायम राख्न र भ्रष्टाचार न्यूनीकरण गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाउनुभयो ।

उहाँले ३ नं प्रदेशअन्तर्गत रहेका पुराना र नयाँ स्थापना हुन लागेका तीन औद्योगिक क्षेत्र नियमित सञ्चालन गर्ने र स्वदेशी लगानीकर्तालाई उद्योग स्थापना गर्न थप सुविधा उपलब्ध गराइने नीति रहेको बताउनुभयो । प्रदेशसभाको अर्को बैठक यही जेठ १३ गते अपराह्न १ बजे बस्नेछ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter