बिहिबार, २० बैशाख २०८१

शैक्षिक मेला सम्पन्न

४ जेष्ठ २०७५, शुक्रबार २०:०५ मा प्रकाशित

सुन्दरबजार, लमजुङ, ४ जेठ (रासस)  लमजुङको सुन्दरबजारमा एकदिने शैक्षिक मेला सम्पन्न भएको छ ।

स्वयंसेवकको समूह भिएसओ÷आइसिएस नेपाल र सर्वोदय सेवाश्रम लमजुङको सहयोगमा विद्यार्थीहरुलाई अतिरिक्त माध्यमबाट शिक्षा प्रदान गर्ने उद्देश्यका साथ आज सुन्दर बजारको परेवाडाँडामा शैक्षिक मेला आयोजना गरिएको हो ।

परेवाडाँडास्थित महेन्द्र मन्दिर माध्यामिक विद्यालयमा आयोजना गरिएको मेलामा विद्यार्थीका अन्तरनिहित प्रतिभाहरुको प्रस्तुति रहेको थियो । मेलामा सो क्षेत्रका विद्यार्थीहरुद्वारा प्रतियोगितात्मक प्रतिभा प्रस्तुत तथा प्रर्दशन गरिएको थियो ।

मेलामा चित्रकला, कविता, लेखन तथा विभिन्न खेल लगायतका प्रतियोगिता प्रस्तुत गरिएको थियो भने विद्यार्थीहरुले शैक्षिक चेतनाका लागि नाटक, नृत्यलगायतका प्रस्तुतिहरु गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले गुणस्तरीय शिक्षाका लागि अतिरिक्त क्रियाकलाप महत्वपूर्ण रहेको बताउनुभयो ।

“किताबमा भएका ज्ञानगुनका कुरालाई अतिरिक्त क्रियाकलापको माध्यमबाट सिक्न पाउँदा सजिलो हुने रहेछ” विद्यालयकी छात्रा करिष्मा अधिकारीले भन्नुभयो, “यस्तो क्रियाकलापबाट पढाईप्रति रुचि बढ्नुको साथै आफ्नो क्षमता विकासमा सहयोग मिलेको छ ।”

शैक्षिक मेलामा सुन्दरबजार अन्तरगतका विभिन्न विद्यालयहरुले सहभागिता जनाएका थिए ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter