बिहिबार, २० बैशाख २०८१

सीमा अपराध रोक्न नेपाल भारतकाे संयूक्त गस्ती

४ जेष्ठ २०७५, शुक्रबार १७:०८ मा प्रकाशित

नसीम अन्सारी भुटाहा(केयर खबर ) :-

नेपाल भारतसीमा बाट हुने विभिन्न खाले अपराध नियन्त्रणको लागि सशस्त्र प्रहरी बल भुटाहा र बसमतियामा रहेको सीमा सुरक्षा बल एसएसबीले संयूक्त गस्ती सुरु गरेको छ । सीमा अपराधमा नेपाल र भारतको आ–आफ्नै चिन्ता र चासो रहँदै आएको छ । दुबै मुलुकको चासो र चिन्ता समाधान गरेर अपराधरहित सीमा बनाउने अभियान अन्र्तगत संयूक्त गस्ती प्रारम्भ गरिएको भुटाहाका सशस्त्र प्रहरी निरीक्षक शुधिर सुवेदीले बताए । भारतले नेपाली सीमाबाट विहारमा प्रतिबन्ध रहेको मदिरा तस्करी हुने गरेको भन्दै त्यसको नियन्त्रणमा चासो र चिन्ता प्रकट गर्दै आएको छ भने नेपालले लागुऔषध, मानव तस्करीसहितका विषयमा चासो राख्दै आएको छ । भुटाहाका सशस्त्र निरीक्षक सुवेदी र एसबी कम्पनी हेडक्वार्टर बसमतियाका असई रामपाल शर्माको नेतृत्वले संयूक्त गस्तीको सुरुवात गरिएको हो । नरसिंह उलटी दशगाजामा रहेको पिल्लर नम्बर १९५ बाट संयूक्त गस्ती सुरु गरिएको हो । निरीक्षक सुवेदीले संयूक्त गस्ती कार्यक्रमलाई निरन्तरता दिदै दुबैतर्फको प्रयासमा सीमा प्रयोग गरेर हुने सबै खाले अपराध न्यूनिकरणलाई अगाडि बढाईने बताए

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter