आइतबार, २३ बैशाख २०८१

सरकारलाई सभामुखको ध्यानाकर्षण

४ जेष्ठ २०७५, शुक्रबार १५:०६ मा प्रकाशित

काठमाडौँ, ४ जेठ (रासस)  सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सभामुख महराले देशका विभिन्न स्थानमा महिला हिंसा बढेको, बाढीपीडित र भूकम्पपीडितले उचित राहत नपाएको जस्ता विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएको भन्दै सो विषयमा सरकारको धारणा माग्नुभयो ।

सांसदहरुको मागलाई गम्भीरतापूर्वक लिई कार्यान्वयन गर्न सभामुख महराले सरकारलाई ध्यानाकर्षण गराउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter