सोमबार, २४ बैशाख २०८१

बन्दी जीवन बिताइरहेकी बालिकाको उद्धार

४ जेष्ठ २०७५, शुक्रबार ११:१५ मा प्रकाशित

राजविराज, ४ जेठ ९रासस) राजविराजस्थित कारागारमा बन्दी जीवन बिताइरहेकी एक तीनवर्षीया बालिकाको उद्धार गरिएको छ ।

आफ्नै भतिजाको हत्याको आरोपमा पूर्पक्षका लागि राजविराज कारागारमा बन्दी जीवन बिताइरहेकी सप्तरीको डाक्नेश्वरी नगरपालिका पातोकी उर्मिला मण्डलकी तीन वर्षीया छोरी ज्योति मण्डलको उद्धार गरिएको कारागारका जेलर सत्यनारायण यादवले जानकारी दिनुभयो ।

आमाहरूका बच्चाको अधिकार र विकासका लागि कार्य गरिरहेको बन्दी सहायता नेपाल नामक संस्थाले कारागारमा आमासँगै बन्दी जिवन बिताइरहेकी ज्योतिको उद्धार गरेको संस्थाकी अध्यक्ष इन्दिरा रानामगरले जानकारी दिनुभयो ।

आमासँगै ज्यान मुद्दामा १४ महिनादेखि कारागारमा बन्दी जीवन बिताइरहेकी ज्योतिको उचित शिक्षा दिक्षा र उज्ज्वल भविष्यका लागि आमाको इच्छाअनुसार उद्धार गरिएको हो ।

यस्तै, बच्चाको उद्धारसँगै संस्थाले कारागारमा बन्दी जीवन बिताइरहेका महिला बन्दीहरूका लागि एकथान पानी तान्ने मोटर र अध्ययनका लागि केही पुस्तकसमेत उपलब्ध गराएको जिल्ला कारागारले जनाएको छ ।
––––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter