आइतबार, २३ बैशाख २०८१

धादिङको दुर्घटनामा एकको मृत्यु

३ जेष्ठ २०७५, बिहीबार १०:२४ मा प्रकाशित

मलेखु, धादिङ, ३ जेठ (रासस)  कालुपाण्डे मार्गअन्तर्गत मलेखु—धादिङबँेसी खण्डमा पर्ने नीलकण्ठ नगरपालिका–८, च्याडुमोडमा गएराति ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

मलेखुबाट धादिङबेँसीतर्फ जाँदै गरेको बा ३ ख ६१४३ नं को ट्रक सडकबाट जंगलमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका नीलकण्ठ नगरपालिका–३ निवासी गोकुल उपाध्यायको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा मृत्यु भएको छ । अन्य चार जना घाइतेमध्ये दुईजनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा र दुईजनाको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter