बुधबार, १९ बैशाख २०८१

‘समृद्धिका लागि साहित्य’ शनिबार हुने

३ जेष्ठ २०७५, बिहीबार १०:२२ मा प्रकाशित

काठमाडौँ, ३ जेठ (रासस) मदन भण्डारी कला साहित्य प्रतिष्ठान र साहित्य सन्ध्याको आयोजनामा यही जेठ ५ गते ‘समृद्धिका लागि साहित्य’ विषयक विशेष कविगोष्ठी हुने भएको छ ।

गोष्ठीमा सोही विषयमा डा कृष्णप्रसाद घिमिरे, डा देवी नेपाल र डा बिन्दु शर्माबाट अवधारणापत्र पेश गरिने भएको छ । वर्तमान सरकारले पनि ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा अगाडि ल्याएको छ ।

प्रतिष्ठानका अध्यक्ष सांसद डा विजय सुब्बाको अध्यक्षतामा बुधबार बसेको बैठकले वर्षभरि समृद्धि र साहित्य विषयमा कार्यक्रम गर्ने निर्णय गर्नाका साथै नेपाली प्रसारण माध्यममा नियमितरुपमा जनमुखी गीतसंगीत प्रस्तुत गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter