शनिबार, २२ बैशाख २०८१

‘पूरा काम, पूरा दामको व्यवस्था होस्’

२ जेष्ठ २०७५, बुधबार २०:२१ मा प्रकाशित

काठमाडौँ, २ जेठ (रासस)ः नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएशनका कर्मचारीले तलब बढाउनुपर्ने माग गरेका छन् ।

एशोसिएशनका कर्मचारीले आज सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटासँग भेट गरी आफूहरुको तलब स्केल अत्यन्त कम भएको भन्दै खरिदारसरह बनाउनुपर्ने माग गरेका हुन् ।

एशोसिएशनका कर्मचारीले राज्यमन्त्री बाँस्कोटासमक्ष कार्यालय कोठाको व्यवस्था गरिनुपर्ने, कार्यालय समय थप र पूरा काम पूरा दामको व्यवस्था गरिनुपर्ने, सञ्चित बिरामी बिदाको रकम दिने व्यवस्था गरिनुपर्ने र पोशाकसहितका अन्य सुविधा उपलब्ध गराइनुपर्नेलगायत १६ बँुदे माग पत्र बुझाएका हुन् ।

सोही अवसरमा राज्यमन्त्री बाँस्कोटाले एशोसिएशनले राखेको मागबारे थप अध्ययन गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । एशोसिएशनले सेवाबाट निवृत्त हुन चाहने कर्मचारीलाई उचित उपदान र अन्य सेवा सुविधासहित बिदा गर्नुपर्नेमा समेत जोड दिएको छ । (तस्वीर र श्रव्य सामग्री उपलब्ध छ)

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter