आइतबार, २३ बैशाख २०८१

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

२ जेष्ठ २०७५, बुधबार ०९:५७ मा प्रकाशित

नवलपरासी, २ जेठ (रासस) ः पूर्व‐पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोती–१६ कोसटाढीमा आज बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मध्यबिन्दु नगरपालिका–१२ बस्ने भूपूचोकका ३१ वर्षीय तिलप्रसाद थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका थापाको उपचारको क्रममा दुम्कौली प्राथमिक स्वास्थ्य चौकीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पूर्व—पश्चिम राजमार्गमा बिग्रिएर रोकिएको लु १ ख ५३८४ नंको ट्रकको पछाडि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १६ प २८४९ नंको मोटरसाइकल ठोक्किँदा सो दुर्घटना भएको थियो ।

सोही दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार कावासोती नगरपालिका–२ बस्ने ३१ वर्षीय दण्डबहादुर पुन गम्भीर घाइते भएका छन् । उनको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter