आइतबार, २३ बैशाख २०८१

राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान शाहको निधन

३१ बैशाख २०७५, सोमबार १९:४९ मा प्रकाशित

काठमाडौँ, ३१ वैशाख (रासस) ः नेपालीे राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणिविक्रम शाहको आज साँझ ५ बजेर ४२ मिनेट जाँदा ५१ वर्षका उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ ।

कलेजोमा गम्भीर समस्या देखिएपछि आइतबार साँझ सो अस्पताल भर्ना हुनुभएका शाहको आज उपचारका क्रममा निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत आरपी मैनालीले राससलाई जानकारी दिनुभयो । “उहाँ अस्पताल आउँदा लिभर फेल भइसकेको थियो” मैनालीले भन्नुभयो,
“जनरल इन्टेन्सिभ केयर युनिटमा राखेर उपचार शुरु ग¥याँै, त्यसमा पनि उहाँको अवस्थामा सुधार भएन, आज बिहानदेखि भेन्टिलेरमा राखेर उपचार गर्दै थियौँ, साँझ निधन भयो ।”

अहिले अस्पतालमा खेलाडी, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी र परिवारका सदस्यको बाक्लो उपस्थित रहेको बताइएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter