आइतबार, २३ बैशाख २०८१

नेपालमा ताइवानको उत्पादन प्रवद्र्धन गरिने

३१ बैशाख २०७५, सोमबार १९:०८ मा प्रकाशित

काठमाडौँ, ३१ वैशाख (रासस)  नेपालमा ताइवानको उत्पादनको बिक्री तथा प्रवद्र्धन गर्न त्यहाँका व्यवसायी उत्साहित भएका छन् ।

ताइवान एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नेतृत्वमा आएका नौ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यवसायीबीच आज यहाँ भएको अन्तक्र्रियामा ताइवानी व्यवसायीले आफ्नो उत्पादन प्रवद्र्धन गर्ने इच्छा व्यक्त गरेका हुन् ।

ताइवानका प्रतिष्ठित उत्पादक तथा सप्लायर सम्मिलित सो प्रतिनिधिमण्डलले नेपाली व्यवसायीसँग व्यापारिक सम्भावनाबारे छलफल गरेको नेपालका लागि सम्पर्क प्रतिनिधि दर्शन न्यौपानेले जानकारी दिनुभयो ।

ताइवानको कलरएड टेक्नोलोजी मार्केटिङ लिमिटेडका महाप्रबन्धक जेम्स वानले नेपालमा ताइवानका उत्पादनको बजार विस्तारको सम्भावना प्रचूर रहेको उल्लेख गर्दै ताइवानको उत्पादनको बजारीकरण गर्न काउन्सिल सकारात्मक रहेको बताउनुभयो ।

कार्यक्रममा विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स तथा सञ्चार प्रविधिका सामान, पिओएस प्रणाली, सेटटप बक्स, सौर्य ऊर्जा सामग्री, लिक्विड लेभल कन्ट्रोलर, कृषिऔजार, फ्लोरिङ तथा फनिर्सिङ, प्लास्टिक कच्चा पदार्थ, हार्डवेयर सामग्री, औजारलगायतका विषयमा छलफल भएको थियो ।

ताइवानका व्यापारीले दक्षिण एसियामा आफ्नो उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल, भारत र पाकिस्तानमा यसप्रकारको व्यापारिक अन्तक्र्रिया गर्दै आएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter