आइतबार, २३ बैशाख २०८१

ऐनकानुको अधिकार प्रयोग गर्न मुख्यमन्त्रीको आग्रह

३१ बैशाख २०७५, सोमबार १८:५५ मा प्रकाशित

हेटौँडा, ३१ वैशाख (रासस)  प्रदेश नंं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय निकायका जनप्रतिनिधिलाई स्थानीय तहमा रहेको ऐनकानुनको अधिकार प्रयोग गरी विकासनिर्माणलाई कार्यान्वयन गर्नेतर्फ एक जुट हुन आग्रह गर्नुभएको छ ।

मकवानपुर जिल्ला समन्वय समितिको प्रथम भेला परिषद्को आज हेटौंँडामा उद्घाटन गर्दै उहाँले स्थानीय तहले सीमित स्रोतसाधनलाई सन्तुलित ढंगबाट परिचालन गरी स्थानीय सरकारलाई चुस्त र प्रभावकारी बनाई जनताको सेवा गर्न आह्वान गर्नुभयो ।

उहाँका अनुसार प्रदेश केही दिनभित्रै प्रदेशसभाको बैठकमा आवश्यक ऐन कानुनको मस्यौदा विधेयकका रुपमा प्रस्तुत गरिने र आगामी २०७५÷०७६ का लागि असार १ गते बजेट प्रस्तुत गरिनेछ । उहाँले प्रदेश ३ को अस्थायी राजधानी हेटौँडाबाट काठमाडौँ जोडिने भीमफेदी–कुलेखानी जोड्ने भूमिगत सुरुङमार्गलाई आगामी बजेटमा राखिने जानकारी दिनुभयो ।

प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ, मुनु सिग्देल, जुनेली श्रेष्ठ, कुमारी वाइवा र प्रेमबहादुर पुलामीले जनप्रतिनिधिलाई आफ्नो सीमित स्रोतसाधनलाई जनताका आवश्यकतानुसार दीर्घकालिन लाभ पुग्ने योजना कार्यान्वयन गर्न सुझाव दिनुभयो । कार्यक्रममा हेटौंँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टलगायतले प्रदेश सरकारलाई पारदर्शी र निष्पक्ष ढंगबाट स्रोतसाधन जिल्लालाई उपलब्ध गराउन आग्रह गर्नुभयो ।

सो अवसरमा मकवानपुर जिल्ला समन्वय परिषद्का प्रमुख रघुनाथ खुलालले चालु आव २०७४÷०७५ का लागि रु दुई अर्ब ६६ करोड १७ लाख ४३ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो । बजेटमा पूँजीगततर्फ करीब रु दुई अर्ब ५८ करोड र चालूतर्फ करीब रु ७९ करोड २८ लाख छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter