शनिबार, २२ बैशाख २०८१

प्रदेश विनियोजन विधेयकलाई स्वीकृति

३१ बैशाख २०७५, सोमबार १७:४७ मा प्रकाशित

धनगढी, ३१ वैशाख (रासस) ः प्रदेश नं ७ मन्त्रिपरिषद्कोे आज बसेको बैठकले प्रदेश विनियोजन विधेयक, २०७५ लाई स्वीकृति प्रदान गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले प्रदेश आर्थिक विधेयक, २०७५ तर्जुमा गर्न पनि स्वीकृति दिएको बैठकपछि प्रदेश सरकारका आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराले जानकारी दिनुभयो ।

यस्तै प्रदेशको कर तथा गैरकर लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ तर्जुमा गर्न र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ‘हेलो सिएम’ कार्यक्रम प्रारम्भ गर्न बनाइएको कार्यविधिलाई समेत स्वीकृति प्रदान गरेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter