आइतबार, २३ बैशाख २०८१

प्रधानमन्त्रीद्वारा लामिछानेको स्वास्थ्य अवस्थाबारे जानकारी

३१ बैशाख २०७५, सोमबार १३:१५ मा प्रकाशित

2018-05-14 13:26

भक्तपुर, ३१ वैशाख (रासस) प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

मस्तिष्कघात भएपछि आइतबार दिउँसोदेखि काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचार गराइरहनुभएका लामिछानेको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएका प्रधानमन्त्री ओलीले चिकित्सकहरुसँग समेत उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।

प्रधानमन्त्री ओलीले लामिछानेका परिवारसँग समेत भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

लामिछाने भक्तपुर क्षेत्र नं १ (ख)बाट नेकपा (एमाले)का तर्फबाट विजयी हुनुभएको थियो । हाल उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter