मङ्गलबार, ०१ जेठ २०८१

‘स्वरोजगार सूचना केन्द्र’ सञ्चालनमा ल्याइने

२९ बैशाख २०७५, शनिबार २२:१३ मा प्रकाशित

काठमाडौँ, २९ वैशाख (रासस) ः युवा संघ नेपालले वेरोजगार युवालाई रोजगारसम्बन्धी सूचना उपलब्ध गराउने उद्देश्यले ‘स्वरोजगार सूचना केन्द्र’ सञ्चालनमा ल्याउने भएको छ ।

उक्त संगठनले यही जेठ १ गते २८ औँ स्थापना दिवशको अवसरमा सो केन्द्रलाई प्रयोगमा ल्याउन लागेको छ ।

विभिन्न रोजगारमूलक संघ संस्थासँग समन्वय र सहकार्य गरी रोजगारीकाबारे जानकारी गराउने तथा उद्यमशीलतामा आकर्षित गर्ने योजना छ । प्रत्येक वर्ष करिब पाँचलाख जनशक्ति श्रम बजारमा आउने भएपनि उनीहरुलाई व्यवस्थित गर्न नसकिएको अवस्थामा केन्द्रले धेरै सूचना प्रवाह गर्ने उपाध्यक्ष प्रभातविक्रम कट्ुवालले जानकारी दिनुभयो ।

यसवर्ष संघले ‘समृद्धि र सुशासनका लागि युवा अभियान’ भन्ने नारा तय गरेको छ । उत्पादनशील क्षेत्रमा लगानी गर्न, स्वदेशी उत्पादन वृद्धि गरी स्वदेशमा खपत बढाउन, परनिर्भरता न्यूनीकरण गरी मुलुकलाई आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रमको तयारीका लागि गृहकार्य भइरहेको उपाध्यक्ष कट्ुवालले जानकारी दिनुभयो । स्थापना दिवशका दिन राष्ट्रिय सभागृहमा गरिने औपचारिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रको उद्घाटन गर्नहुने जनाइएको छ ।

उक्त सभामा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, रक्षामन्त्री ईश्वर पोखरेल लगायतले मुलुकको विकासका लागि अब युवा आन्दोलनले गर्नुपर्ने कार्यबारे निर्देशन दिनुहने बताइएको छ ।

सो अवसरमा देशभरका सबै जाति तथा समुदायलाई समावेशी ढंगबाट प्रतिनिधित्व गराउने गरी उनीहरुका वेशभूषा तथा संस्कृतिलाई पनि प्रदर्शन गरिनेछ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter